सप्तरीको राजगढमा धानखेतमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला

मिति: २०२५-०७-२३ , समय : २०:५८:२१ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज । सप्तरीको राजगढ गाउँपालिका वडा न.५ मलेकपुरस्थित कामत टोलमा बुधबार दिउँसो एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ।

स्थानीय गुलाब सिंहको धानखेतमा अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।

स्थानीय बासिन्दाले खेतमा शव देखेपछि प्रहरी चौकी पत्थरगाढामा खबर गरेका थिए। घट्नाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रबक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाका अनुसार मृतकले मुस्लिम समुदायका व्यक्तिले लगाउने जस्तो लुगा लगाएका छन्। यता शवको पहिचान र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-०७-२३ , समय : २०:५८:२१ , 11 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित