भक्तपुरमा एकै घरका दिदि बहिनी मृत फेला

मिति: २०२५-०७-२४ , समय : १३:३२:४८ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाडौं । भक्तपुरमा एकै घरका दिदि बहिनी मृत अवस्थामा फेला परेका छन् । सुर्खेत घर भइ भक्तपुरमा एउटा घरको भुईतलामा बस्दै आएका दुई बहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । झण्डै १५ र १७ वर्षका दिदिबहिनी मध्यपुर थिमि नगरपालिका–८ बोडेमा आफ्नै डेरामा नै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको भक्तपुर प्रहरीले जनाएको छ । उनीहरुको बुवा आमा भारत रहेको बुझिएको छ ।

प्रकाशित मिति: २०२५-०७-२४ , समय : १३:३२:४८ , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्