मधेस प्रदेश : सिंचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

मिति: २०२५-०७-२४ , समय : १३:४४:२० , गामघर डेस्क

तस्बिर : गामघर टिभि / जनकपुरधाम

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको धनुषामा सिंचाइ गर्ने क्रममा विद्युतमा जडित मोटरमा करेन्ट लागेर एकजना किसानको मृत्युु भएको छ ।

धनुषाको हंसपुर नगरपालिका ३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महराको बुधबार अपराहन्न करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार उनलाई बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिंचाइ गर्ने क्रममा मोटरबाट करेन्ट लागेको थियो ।

स्थानीय हंसपुर क्लिनिकमा उपचारको लागि लग्दा चिकित्सकले ४ बजे मृत घोषणा गरेका थिए ।

यता घटनबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०७-२४ , समय : १३:४४:२० , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्