सप्तरीको डाक्नेश्वरीमा एक जना शिक्षक मृत अवस्थामा फेला

मिति: २०२५-०७-२५ , समय : १९:००:०८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न ६ कुशहामा शुक्रबार एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । स्थानीय चन्देश्वर रायको छोरा बर्ष २७ को रामकिसुन राय मृत अवस्थामा फेला परेका हुन् ।
विहिबार बेलुकी ६ बजे घरबाट निस्की हराएका राय सोही ठाउँको कोशी नहरको छेउमा शुक्रवार विहान ०६:३० बजे मृत फेला परेको प्रहरीले जनाएको छ । रातभरी परिवारको सम्पर्कमा नआएपछि आफन्त तथा स्थानीयबासीले खोजतलास गर्ने क्रममा रायलाई मृत अवस्था देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीलाई खबर हुनसाथ इलाका प्रहरी कार्यालय पातो र इलाका प्रहरी कार्यालय कल्याणपुरको संयुक्त प्रहरी टोली खटी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता घटनास्थलमा प्रहरी टोली खटी कानूनी प्रक्रिया पूरा गरि मृतक रायको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०७-२५ , समय : १९:००:०८ , 18 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित