सप्तरीको राजविराजबाट श्याम बाबा राइस एण्ड आयल मिल कम्पनीका मेनेजर भगत १९ दिनदेखि बेपत्ता

मिति: २०२५-०७-२७ , समय : १६:०६:१८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा न.८ स्थित श्याम बाबा राइस एण्ड आयल मिल प्रा.लि.का मेनेजरको अबस्था विगत १९ दिनदेखी अज्ञात रहेका छन् ।
कम्पनीबाट निस्केका सप्तरीको खडक नगरपालिका ३ का ५८ वर्षिय उपेन्द्र कुमार भगतको अबस्था अज्ञात रहेका हुन् । गत शनिवार कम्पनीका संचालक समेत रहेका उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालले भगतको हुलिया विवरण सहित प्रहरीमा निवेदन दिदै खोजतलाशमा सहयोग गरिदिन अपिल गरेका छन् ।
अग्रवालका अनुसार भगत असार २५ गते बिहान ७ बजेतिर कम्पनीबाट निस्केका थिए । त्यति बेला कम्पनीमा रहेका कर्मचारी वैद्यनाथ दासलाई “चिया खाएर आउँछु” भन्दै उनी हिडेको संचालक अग्रवालको भनाई छ ।
भगतले प्रयोग गर्ने कम्पनीको ९८०१६२३४५७ नम्बरको मोवाइल चार्जमा लगाएर अर्का कर्मचारी वैद्यनाथ दासलाई चिया खाएर एकै छिनमा आउँछु भनी निस्केका थिए । संचालक अग्रवालले अबेर राती सम्म पनि नफर्केपछि आफन्त, चिनजानका सबै र नेपाल तथा भारतमा रहेका इष्टमित्र सबैमा जानकारी गराएर खोजतलास गर्दा पनि हालसम्म फेला पर्न नसकेको बताउनु भयो ।
प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले सम्पर्क बिहिन अवस्थामा रहेका भगतको सबै प्रहरी कार्यालयमा हुलिया विवरण सर्कुलर गराई खोजी कार्य शुरु गरिएको जानकारी दिनु भयो ।
यसैविच भगतका परिवारजनले +९७७९८०४७८८६०४, ९८५१२२८८५५, +९७७९८६१३६९४६९, +९७७९८२३५०३४२४, ९७७९८२८८९२५९९,भारत सम्पर्क +९१७७८३०७९३६ उपेन्द्र कुमार भगत फेला परेमा खबर गरी दिनहुन सबैमा आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२५-०७-२७ , समय : १६:०६:१८ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित