मधेस प्रदेश : हतियार प्रयोग गरी बालिकाको हत्या , दुई जना गम्भीर घाइते

मिति: २०२५-०७-२९ , समय : १४:२१:१३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा हतियार प्रहार गरी एक जना बालिकाको हत्या भएको प्रहरीले जनाएको छ । त्यस्तै अन्य दुई जना घाइते भएका छन् ।

कटैयाचौरी भन्ने ठाउँ नजिक भएको घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी १४ वर्षीया अञ्चली यादवको ज्यान गएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते भएका छन् । घाइते दुवै जनाकाे प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेकाे छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले हिजोराति तीनै जनामाथि हतियार प्रहार गरेका थिए । साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन् ।

मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-०७-२९ , समय : १४:२१:१३ , 13 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित