मधेस प्रदेशको धनुषा जिल्लामा खुलेआम तस्करी : एसपी नरहरि शर्माको घुमुवाको रूपमा असई बिरेन्द्र यादवलाई परिचालन
मिति: २०२५-०७-२९ , समय : १४:३२:१६ , गामघर डेस्क
मिति: २०२५-०७-२९ , समय : १४:३२:१६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको धनुषाको धनौजी र डेवडिया नाकाबाट केही दिन यता व्यापक तस्करी चलिरहेको छ । तस्करीको लाइन नेपाल प्रहरीले दिएको समेत खुलेको छ । धनौजीबाट तस्करीको लाइन पाउनेमा नहिम , रोशन मुख्य छन् । उनीहरूले कपडाको ठूलो तस्करी धन्दा यो नाकाबाट गर्दै आइरहेका छन् । यसबाहेक नइम , र सन्तुलाले पनि यसै नाकाबाट कपडाको तस्करी धन्दा गरिरहेका छन् । त्यसैगरी डेवडिया नाकाबाट नरेश यादव र बिरू झाले तस्करीको लाइन पाएका छन् । उनीहरूले पनि कपडाको ठूलो तस्करी गरिरहेका छन् । धनौजी स्थित प्रहरी चौकीमा असई बडाबाबु यादव प्रहरीको रूपमा कार्यरत छन् । उनी यसअघिका मधेस प्रदेशका डिआइजी लालमणि आचार्यका बडीगार्ड थिए । आचार्यले आफू बढुवामा सिफारिस भए पछि मधेसबाट बिदाई हुदा असई यादवलाई धनौजीमा पठाएका थिए । धनौजी धनुषाको तस्करी हुने प्रमुख नाका हो । त्यसैगरी डेवडियामा असई सुरेन्द्र चौधरी चौकी प्रमुखको रूपमा कार्यरत छन् ।
धनुषामा मातहतका राम्रो र अतिरिक्त कमाई हुने थाना चौकीमा टेण्डर हालेर जाने परम्परा नै रहेको छ । टेण्डर हालेर गएपछि हाकिमलाई पनि बुझाउनु पर्याे र आंफुले पनि कमाउनु नै पर्याे । अहिले नेपाल प्रहरीले तस्करीको लाइन बाड्ने काम धनुषामा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि शर्माले आफ्नो घुमुवाको रूपमा असई बिरेन्द्र यादवलाई परिचालन गरेका छन् । घुमुवा यादव प्रायः गरेर काजु तस्करी गर्ने नरेश यादवसंग संगै हिड्ने , बस्ने र खाने गरेको देख्न पाइन्छ । केही दिन अघि सशस्त्र प्रहरीले यिनै तस्कर नरेश यादवको १३ हजार किलो काजु भन्सार छलेर ल्याई गोदाम गरेको अवस्थामा छापा हानेर बरामद गरेको थियो । यसबाहेक घुमुवा असई यादव लामो समय धनुषाको घुमुवा भएर धेरै काण्डमा जोडिएका र बदनाम भएका निरीक्षक केडी साहको सल्लाह , सुझाव र निर्देशनमा हिड्ने गरेको समेत जिल्ला प्रहरीमा सिनियर अफिसरहरू बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका हालका एसपी नरहरि रेग्मी सायद २०७० सालतिर होला , प्रहरी निरीक्षक हुदा इलाका प्रहरी कार्यालय खजुरीको प्रमुख थिए । खजुरी प्रहरी निरीक्षकको लागि अति उत्तम पोष्टिङ मानिन्छ । किनकि यो तस्करीको नाकाको रूपमा चिनिन्छ । अतिरिक्त कमाई धेरै हुने भएकोले पनि यहाँ पोष्टिङ हुनका लागि प्रहरी निरीक्षकहरूमा टेण्डर हाल्ने प्रचलन नै रहेको छ । नरहरि रेग्मीले खजुरीको निरीक्षक हुदा बिरेन्द्र साहलाई घुमुवाको रूपमा परिचालन गरेका थिए । बिरेन्द्र साह त्यतिबेला हवल्दार थिए । हाकिमको लागि घुमुवा अति प्यारो मात्रै हुदैन कि अति बिश्वासिलो पनि हुन्छ । त्यसैले त भनिन्छ नि अति बिश्वासिलोलाई घुमुवा राख्ने र घुमुवा भएको प्रहरी हाकिमको धेरै नजिकको हुन्छ भन्ने कुरा ।
अहिले धनुषाको एसपी नरहरि रेग्मीले आफ्नो पुरानो र बिश्वासिलो तिनै घुमुवा बिरेन्द्र साहलाई फेरि पनि घुमुवाको रूपमा परिचालन गरेका छन् । अहिले असई दर्जामा पुगेका बिरेन्द्र साहलाई एसपी रेग्मीले घुमुवा कमान्डर बनाएका छन् । सिराहामा कार्यरत असई बिरेन्द्रलाई प्रदेश प्रहरी कार्यालय मार्फत काज गराएर धनुषा ल्याई एसपी रेग्मीले घुमुवाको रूपमा परिचालन गरेका छन् । उनी करिब एक महिना देखि धनुषाको घुमुवाको कमान्डर छन् । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२५-०७-२९ , समय : १४:३२:१६ , 13 hours अगाडि