सप्तरीमा खुलेआम मदिरा तस्करी : प्रहरीद्वारा ठूलो परिमाणमा अबैध मदिरा बरामद
मिति: २०२५-०७-२९ , समय : २१:४१:२१ , गामघर डेस्क
मिति: २०२५-०७-२९ , समय : २१:४१:२१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुबाट खुलेआम स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा अबैध मदिरा भारततर्फ तस्करी भइरहेको छ । साेहि क्रममा सप्तरीबाट भारततर्फ तस्करी गर्न राखिएको ठूलो परिमाणको मदिरा बरामद भएको छ ।
नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले सप्तरीको राजगढ गाउँपालिका वडा न. २ कमलपुरबाट उक्त मदिरा नियन्त्रणमा लिएको हो ।
नेपालका सिमावर्ती बजारहरुबाट मदिरा संकलन गरी भारत तस्करी गर्नका लागि राखिएको विभिन्न ब्राण्डका ६ सयभन्दा बढी कार्टुन मदिरा उक्त ठाउँबाट बरामद भएको छ ।
नेपाल भारत सिमानाका अवस्थित कमलपुरस्थित एक कुखुरा फर्ममा मदिरा स्टोर गरी राखेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी झुटकी र सशस्त्र प्रहरी बल बिओपी बनैनियाँबाट खटिएको २६ जनाको संयुक्त टोलीले मदिरा बरामद गरेको छ ।
बरामद भएको मदिरा मंगलबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
साे पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीले मामाश्री दिलवाले ६ सय ४१ कार्टुन, कर्णाली गोल्ड ५ कार्टुन, कस्तुरी रक्सी ४३ कार्टुन, किङ्ग फिसर बियर क्यान ४७ कार्टुन, वृक्ष रक्सी ४ कार्टुन, गोर्खा बियर क्यान २० कार्टुन, अर्ना बियर क्यान ३ कार्टुन बरामद भएको जानकारी दिए ।
उनका अनुसार उक्त ठाउँबाट बिभिन्न भारतीय नम्बरका ४ वटा मोटरसाइकल र ३४ वटा साइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यी सबारी मदिरा भारततर्फ तस्करीका लागि प्रयोग गर्ने गरिएको छ ।
रु १२ लाख ८८ हजार ९ सय ७५ रुपैयाँ बराबरको मदिरा, ३ लाख ५ हजार मुल्यको मोटरसाइकल र ३४ हजार मुल्यको साइकल आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयलाई बुझाइने एसपी केसीले बताए ।
उनले उक्त बरामद मदिरा तथा ३ लाख ५ हजार मुल्यको मोटरसाइकल र ३४ हजार मुल्यको साइकल आवश्यक प्रक्रिया पूरा गरि भन्सार कार्यालयलाई बुझाउने जानकारी दिए ।
प्रकाशित मिति: २०२५-०७-२९ , समय : २१:४१:२१ , 14 hours अगाडि