सप्तरीको झलहीमा एक दलित बालिकालाई सामूहिक बलात्कार : एक जना बलात्कारि पक्राउ

मिति: २०२५-०७-३१ , समय : २३:१२:४३ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
सप्तरीकाे राजविराज नगरपालिकामा एक दलित बालिकालाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा न. ११ झलहीका एक अन्दाजी १५ बर्षकी दलित बालिकालाई जवर्जस्तीकरणी गरेको खुलासा भएको हाे ।

गएराति घर अगाडि उभिरहेकी ती बालिकालाई चार जना युवाहरुकाे एक समूहले उठाएर लगी जवर्जस्ती करणी गरेको परिवारजनको भनाई छ । बुधबार राति करिब ८ बजेतिर बालिकालाई लगि बलात्कार गरि बिहान घरमा छाडेको परिवारजनले बताएका छन ।
यता परिवारजनले साे घटनाबारे जानकारी गराए लगतै संलग्न रहेका एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रहरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले बालिकाको परिवारले जानकारी दिएपछि एक युवकलाई नियन्त्रणमा लिइएको जानकारी दिए। यद्यपि पीडित परिवारको तर्फबाट हालसम्म जाहेरी नआएको बताउदै जाहेरी आएपछि हामी अनुसन्धान र मुद्दा दर्ताको प्रक्रियामा जाने बताए । पछिल्लोपटक सप्तरी सहित मधेस प्रदेशका जिल्लाहरुमा बलात्कारको घटनाक्रम बढदै गरेकोमा सराेकारबाला निकायले चिन्ता ब्यक्त गरेका छन ।

प्रकाशित मिति: २०२५-०७-३१ , समय : २३:१२:४३ , 24 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित