सप्तरीको राजगढमा प्रहरीको गोलीबाट एक जना युवकको मृत्यु

मिति: २०२५-०८-०६ , समय : ०६:१२:५५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजगढ गाउँपालिका वडा न.२ कमलपुरमा मंगलबार राति भएको गोलीकाण्डमा स्थानीय लालु यादवको मृत्यु भएको छ।
स्थानीयवासीहरुका अनुसार, राति करिब १०:३० बजे प्रहरी टोलीले तस्करहरूलाई धरपकड गर्ने क्रममा भारतीय पक्षको सामान लिने भारतीय तस्करले पहिलो गोली प्रहरीमाथि चलाएको थियो। त्यसपछि जवाफी कारबाहीमा नेपाल प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ।
स्थानिय सत्येन्द्र यादवका दाबी अनुसार प्रहरीले गोली जानाजानी चलाइएकाले लालु यादवको मृत्यु भएको हो।
यता सो घटनामा एक जना प्रहरी समेत घाइते भएको जानकारी प्राप्त भए पनि उनको अवस्थाबारे आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति: २०२५-०८-०६ , समय : ०६:१२:५५ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित