फलाेअप समाचार : सप्तरीको राजगढमा प्रहरीको गोलीले स्थानीयको मृत्यु, राजविराजमा तनाव चुलियो ( तस्बिर सहित )
मिति: २०२५-०८-०६ , समय : १२:५३:३६ , गामघर डेस्क
मिति: २०२५-०८-०६ , समय : १२:५३:३६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजगढ गाउँपालिका वडा न.२ कमलपुरमा प्रहरी र स्थानीयबासीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ।
मृतकको नाम लालु यादव (उमेर करिब ३७ वर्ष) रहेको छ, जसको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा ज्यान गएको हो।
प्रहरीका अनुसार भारततर्फ मदिरा तस्करी भइरहेको सूचना पाएपछि टोली अनुसन्धानका लागि पुगेको थियो। त्यस क्रममा स्थानीयले ढुंगामुढा गरेपछि परिस्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको दाबी गरिएको छ।
घटनापछि आक्रोशित स्थानीय तथा मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय राजविराज अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। यता राजविराजमा अहिले तनावको अवस्था देखिएको छ भने सुरक्षाकर्मीहरूको उपस्थितिमा चाप बढाइएको छ।
प्रकाशित मिति: २०२५-०८-०६ , समय : १२:५३:३६ , 3 hours अगाडि