उद्योग वाणिज्य संघद्वारा राजविराज बन्दले जनजिवन प्रभावित : आन्दोलनरत पक्ष विच पाँच बुँदे सहमति
मिति: २०२५-०८-०७ , समय : २२:०८:०९ , गामघर डेस्क
मिति: २०२५-०८-०७ , समय : २२:०८:०९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजगढ गाउँपालिका–२ स्थित कमलपुर गाउँमा प्रहरीले चलाएको गोली लागेर स्थानिय ब्यापारी लालु प्रसाद यादवको मृत्यु विरुद्ध बिहीवार राजविराज बन्द भएको छ । मदिरा व्यवसायी यादवमाथि गोली चलाउने प्रहरी अधिकृतलाई कारबाहीको माग गर्दै सप्तरी उधोग बाणिज्य संघले विहिवार बन्द आव्हान गरेको हो ।
संघले आव्हान गरेको बन्दका कारण राजविराजका पसल तथा बजार पूर्ण रुपले ठप्प भएको छ । संघले यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अनुमती पत्र लिएका मदिरा व्यवसायीको हत्या भएको भन्दै बन्द आह्वानले राजविराजमा बिहानैदेखि पसलहरु बन्द हुदाा यहाँको जनजीवन प्रभावित बनेको स्थानिय बताउँछन ।
गोली चलाउने प्रहरी निरीक्षक बिरेन्द्र कुमार यादवलाई निलम्बन गरी कडा कारबाही गर्नुपर्ने, मृतक लालु यादवलाई सहीद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गर्नुपर्ने, सीमावर्ती बासिन्दाको सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने, घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिनका लागि आयोग गठन गर्नुपर्ने माग अगाडी सारिएको संधका अध्यक्ष लालु अग्रवालले बताउनु भयो ।
माग सम्बोधन नभएसम्म शव नउठाउने अडान राखी मृतकका परिवारले अझै शव बुझेको छैन । मृतक यादवको शव हालसम्म पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ।
यादवको मृत्यु भएपछि आक्रोशित परिवारजन तथा स्थानीयबासीले बुधबार जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि दिनभरी प्रदर्शन गरेका थिए। भीड आक्रमक बनेपछि प्रहरीले साँझ अश्रुग्याँस प्रहार गरि भीडलाई तितरवितर पारेका थिए ।
स्थानीय राजनीतिक दल तथा आन्दोलनकारीहरुले संघर्ष समिति बनाएर विभिन्न चार बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
सप्तरी प्रहरीले भारततर्फ अबैध रुपमा मदिरा तस्करी भएको सूचना पाएपछि पुगेका प्रहरीलाई स्थानीयले ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि चलाइएको गोली लालुलाई लागेको बताउँदै आएको छ।
यता सप्तरीको राजगढ गाउँपालिका–२ स्थित कमलपुरमा प्रहरीको गोली लागेर लालु यादवको मृत्यु भएपछि आन्दोलनरत पक्ष विच पाँच बुँदे सहमति भएको छ।
बिहिबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति भएको हो ।
घटनाको सम्बन्धमा छानवीन गर्न उच्चस्तरीय समिति बनाउन र गोली चलाउने प्रहरी निरीक्षक विरेन्द्र कुमार यादवलाई निलम्बन गर्न सम्बन्धित निकायमा सिफारिश गर्ने , जारी आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने सहमति भएको छ।
त्यस्तै परिवारले शव लिएर दाह संस्कार गर्ने लगायतको सहमति भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
ग्त मंगलबार राति लालुको मृत्युपछि बुधबारदेखि राजविराजमा प्रदर्शन भइरहेको थियो भने बिहिबार उद्योग वाणीज्य संघ सप्तरीले राजविराज बजार बन्द गरेका थिए।
प्रकाशित मिति: २०२५-०८-०७ , समय : २२:०८:०९ , 3 hours अगाडि