सप्तरीको कटैयामा करेन्ट लागेर एक जना किसानको मृत्यु
मिति: २०२५-०८-०८ , समय : १०:५२:०८ , गामघर डेस्क
मिति: २०२५-०८-०८ , समय : १०:५२:०८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको रुपनी गाउँपालिका वडा न.३ कटैयामा आज बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्युु भएको छ ।
स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवम् प्रहरी प्रबक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको छ । उनका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।
यता मृतककाे शव पाेष्टमार्टमसकाे लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको तथा घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०८-०८ , समय : १०:५२:०८ , 1 day अगाडि