सप्तरीमा सशस्त्र प्रहरीद्वारा झण्डै तीन सय ९७ केजी गाँजा बरामद
मिति: २०२५-०८-०८ , समय : १४:२९:१२ , गामघर डेस्क
मिति: २०२५-०८-०८ , समय : १४:२९:१२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । पछिल्लोपटक सप्तरीको सिमावर्ति नाकाबाट खुलेआम गाँजा तस्करी भइरहेको खुलासा भएको छ । साेहि क्रममा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.५ नहरको झारिबाट सशस्त्र प्रहरीको टोलीले गाँजा बरामद गरेको छ।
प्रस्तावित गुल्म पातोको सशस्त्र प्रहरीको टोलीले १७ वटा पोकामा लुकाएको तीन सय ९६.९ केजी गाँजा शुक्रबार बरामद गरेको सशस्त्र प्रहरी बल ६ नं गणका गणपति प्रहरी उपरीक्षक रोशन बुढाथोकीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
उहाँले भारततर्फ लग्न लुकाएर राखिएको गाँजाको गोप्य सुचनाको आधारमा सशस्त्रले बरामद गरि आवश्यक कारवाही अगाडी बढाइएको बताउनुभयो ।
प्रकाशित मिति: २०२५-०८-०८ , समय : १४:२९:१२ , 1 day अगाडि