सेवा निवृत्त भारोत्तोलनका पूर्व सहायक प्रशिक्षक यादव सम्मानित
मिति: २०२५-०८-०८ , समय : २२:००:५१ , गामघर डेस्क
मिति: २०२५-०८-०८ , समय : २२:००:५१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सेवा निवृत्त भारोत्तोलनका पूर्व सहायक प्रशिक्षक पुन्तिलाल यादवलाई एक समारोह विच सम्मानित भएका छन् । सप्तरी जिल्ला खेलकुद विकास समितिद्वारा यहाँ शुक्रबार एक समारोहका वीच यादव सम्मानित भएका हुन् ।
सप्तरी जिल्ला खेलकुद विकास समितिको सभाहलमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद सदस्य आनन्द झा र सप्तरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलले संयुक्त रुपमा सम्मान पत्र र दोसल्ला ओढाएर यादवलाई सम्मान गर्नु भयो ।
प्रमुख अतिथि झाले यसैभूमीमा खेलेर गुरुहरुको सहयोगले खेलकुदको विकास गर्ने अवसर पाएको बताउँनुहुदै जिम्मेवारी िपूर्वक जिल्लाको खेलकुद विकासमा अग्रणी भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
जिल्ला खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेलले पुन्तिलाल यादवले भारोत्तोलन खेलमा अतुलनीय योगदान पु¥याएको भन्दै प्रशंसा व्यक्त गर्नु भयो । उहाँले यादवको अथक मिहिनेतले भारोत्तोलन खेलमा सप्तरीले मात्र १२ वटा अन्तरास्ट्रिय मेडल हात पारेको बताउनुहुंदै सेवा निवृत्त भएपनि खेलकुद क्षेत्रको विकासमा यादवको निरन्तर सहयोग पाउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यालय प्रमुख भुलेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व कबडी खेलाडी बैजु प्रसाद दास, पत्रकार बृजमान तामाङ, जिल्ला फुटबल संघ सप्तरीका महासचिव रमेश श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा भारोत्तोलन पूर्व सहायक प्रशिक्षक यादवलाई भारोत्तोलनका प्रशिक्षार्थीहरुले चाँदीको सिक्री, दोसल्ला, अविर लगाएर सम्मान समेत गर्नु भयो ।
भारोत्तोलन पूर्व सहायक प्रशिक्षक यादव ४२ बर्ष ६ महिना खेलकुद विकास समितिमा रहेर सेवा प्रदान गरि उमेरहदले सेवा निवृत्त भएका हुन् ।
प्रकाशित मिति: २०२५-०८-०८ , समय : २२:००:५१ , 1 day अगाडि