सप्तरीको डाक्नेश्वरीमा पनि ३१ औं विश्व आदिवासी दिवस मनाइयो
मिति: २०२५-०८-०९ , समय : २०:०७:१८ , गामघर डेस्क
मिति: २०२५-०८-०९ , समय : २०:०७:१८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरी लगायत मुलुक भरी आज शनिबार ३१ औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ अमरलती चौकमा ३१ औं विश्वआदिवासी दिवस मनाइएको हो ।
आदिवासी जनजाति महासंघ डाक्नेश्वरी नगरपालिकाका अध्यक्ष अरविन्द कुमार चौधरीको अध्यक्षता तथा मधेस प्रदेश उपाध्यक्ष दिल कुमारी चौधरीको प्रमुख आतिथ्यमा एक समारोहका वीच विश्व आदिवासी दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरी, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङ लगायतले पहिचान, प्रतिनिधित्व र अधिकारका सुनिश्चितताको लागि एकजुट हुनुपर्नेमा आ आफनो विचार ब्यक्त गर्नुभयो ।
कार्यक्रम अघि विभिन्न नारा लगाएर ३१ औं आदिवासी जनजाति दिवस सफल पारौं लगायतका नारा लगाउदै र्याली प्रदर्शन गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०८-०९ , समय : २०:०७:१८ , 2 hours अगाडि