सेण्डीकेटको समय व्यवस्थापनको विरोधमा माईक्रो चालकहरु आन्दोलनमा

मिति: २०२५-०८-१२ , समय : १३:५४:२५ , देबराम यादव

तस्बिर : देबराम यादव / गामघर टिभि

देबराम यादव

राजविराज ।
सप्तरीको राजविराजका माईक्रो चालकहरूले सेण्डीकेटको समय व्यवस्थापनको विरोधमा मङ्गलवार झल्हीको पम्प नहर क्षेत्रमा चक्का जाम गर्दै आवागमन अवरुद्ध गरेका छन्।
सन्तोष मण्डल माईक्रो चालकका अनुसार सेण्डीकेटले तोकेको ५ मिनेटको प्रस्थान समयले यात्रु तथा चालक दुवैका लागि दुर्धटनाको जोखिम बढाएको बताउँछन । उहाँले “यस्तो समयले हामीलाई ओभरटेक गर्न बाध्य बनाएकोले जसको कारण दुर्घटनाको जोखिम बढेको बताउनु भयो । सेण्डीकेटलाई बारम्बार आग्रह गर्दा पनि समय सारिणी नबढाएपछि हामी सडक आदोलन गर्न बाध्य बनाएको बताउँछन ।
निर्धारित समय सारिणी संशोधन नभएसम्म र सडकको दयनीय अवस्था सुधार नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन । साथै दुर्घटना भए यसको सम्पूर्ण जिम्मेवारी सेण्डीकेटले लिनुपर्ने बताएका छन्।
चक्का जामका कारण राजविराज–सुनसरी –विराटनगर खण्डको यातायात सेवा ठप्प हुँदा यात्रुहरू अलपत्र परेका छन्। प्रहरीले वार्ता मार्फत समस्या समाधानको पहल थालेको जनाएको छ।

प्रकाशित मिति: २०२५-०८-१२ , समय : १३:५४:२५ , 10 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित