बिटोरी जग्गाको लालपूर्जा पाउनबाट बञ्चित भएका पिडितहरुले चौथो चरणको आन्दोलनको घोषणा

मिति: २०२५-०८-१२ , समय : १४:२२:०४ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराजबासीले विगत दशकौंदेखी ब्लक, बिटोरी जग्गाको लालपूर्जा पाउनबाट बञ्चित भएका पिडितहरुले चौथो चरणको आन्दोलनको घोषणा गरेको छ ।
आन्दोलनरत संघर्ष समितिले आफना माग पुरा नभएपछि चौथो चरणको आन्दोलन घोषणा गरेको हो ।
संघर्ष समितिका संयोजक इरसाद अन्सारीको नेतृत्वमा प्रमुख जिल्ला अधिकार भोला दाहाललाई आन्दोलनको घोषणाका साथै ६ बुँदे माग अघि सार्दै सोमवार ज्ञापनपत्र समेत बुझाइएको थिए ।
धोषित आन्दोलनको कार्यकम अनुसार भदौ ५ गते स्थानीय गजेन्द्र चोकमा पत्रकार सम्मेलन गर्ने, ७ गते लाठी जुलुससहित खबरदारी सभाको आयोजना गर्ने, ९ गते सिटी जुलस प्रदर्शन गरिने, ११ गते राजविराज नगरपालिकामा २ घण्टा धर्ना दिने, १४ गते मसाल जुलुस प्रदर्शन गर्ने, १५ गते राजविराज बजार बन्द गरी नगरपालिका कार्यालयमा ताला लगाउने रहेको छ ।
यस्तै १६ गते संघर्ष समिति तथा नगरबासीको वृहत बैठक बसी आन्दोलनको समीक्षा गर्दै पाँचौ चरणको आन्दोलन घोषणा गरिने संघर्ष समितिका संयोजक अन्सारीले सञ्चारकमीलाई जानकारी दिनु भएको छ ।
यसैगरि सोही ज्ञापनपत्रमा राजविराज हटियामा निर्माणाधीन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्ब सकाएर व्यापारीलाई हस्तान्तरण, खाडो नदी तट्बन्ध क्षेत्रका जग्गाहरूको नापी, राजविराज–कंचनपुर सड़क खण्डको निर्माण कार्यमा देखिएका समस्या अविलम्ब समाधान, सीमा नाकामा विषादी परिक्षणका लागि क्वारेन्टाइनको व्यवस्था, लामखुट्टे नियन्त्रणका लागी नगर क्षेत्रमा अविलम्ब औषधी छर्कने व्यवस्था तथा सप्तरीको सिमानाका क्षेत्रमा वर्षौदेखि बन्द रहेका छोटी भंसार कार्यालयहरु अविलम्व संचालन गर्न माग समेत अगाडी सारिएको संघर्ष समितिका संयोजक अन्सारीले बताउनु भयो ।
बि.स.२०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको काल देखी नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट बञ्चित रहेका छन् ।

प्रकाशित मिति: २०२५-०८-१२ , समय : १४:२२:०४ , 9 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित