कोशी प्रदेश : सुनसरीमा सेप्टिक ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला

मिति: २०२५-०८-१३ , समय : १५:४०:४२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सुनसरीको दुहबी नगरपालिका–४ मा निर्माणाधीन घरको सेप्टिक ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् ।

दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई मृत फेला परेका हुन् । तामाङले घर निर्माणको पेटी ठेक्का लिएका र राई कामदार रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।

आज बिहान १० बजेतरि दुहबी–४ शिव मन्दिर चोकमा रहेको चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्याङ्कीमा उनीहरू मृत भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धान तथा फरेन्सिक परीक्षणका लागि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली घटनास्थलमा पुगेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-०८-१३ , समय : १५:४०:४२ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित