संविधानमा त्रुटीलाई संशोधन गरीनुपर्ने : जसपा अध्यक्ष यादव

ओली नेतृत्वको सरकार सत्तालिप्त, भ्रष्टाचारी, कमिसनखोरी, विचौलिया र भूमाफिया जस्ता देशका धमिरालाई संरक्षण दिनु बाहेक अरू केही नगरेको अध्यक्ष यादवले आरोप

मिति: २०२५-०८-१४ , समय : ०८:५३:१४ , देबराम यादव

तस्बिर : देबराम यादव / गामघर टिभि

देबराम यादव

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानमा त्रुटीलाई संशोधन गरी पुर्नलेखन गर्नुपर्ने बताउनु भएकाे छ ।
राजविराजमा बुधबार नवनिर्वाचित सप्तरी जिल्ला कमिटीको शपथ ग्रहण तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् ।
अध्यक्ष यादवले दश बर्ष अगाडी जारी भएको संबिधानमा त्रुटी रहेकोले संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने जोड दिनु भयो । अध्यक्ष यादवले संविधानमा मधेशी, थारु, मुश्लिम, दलित, आदिवासी, जनजाति, सीमान्तकृत समुदाय लगायतका कतिपय समस्या सम्बोधन हुन बाँकी रहेकोले यसलाई सच्याएर अघि बढ्नको लागी वर्तमान संविधान संशोधन गर्नु पर्ने बताउनु भयो । संबिधान संशोधन गर्ने एजेन्डा अघि सारेर बनेको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार सत्तालिप्त, भ्रष्टाचारी, कमिसनखोरी, विचौलिया र भूमाफिया जस्ता देशका धमिरालाई संरक्षण दिनु बाहेक अरू केही नगरेको अध्यक्ष यादवले आरोप लगाउनु भयो ।
अध्यक्ष यादवले भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको बताउदै प्रदेशको अधिकार बिहीन, कानुन बिहिन र २०७६ सालमा प्रहरी ऐन बनेपनि हाल कार्यान्वयनमा नआउदा प्रदेशहरु अधिकारबिहीन रहेकोले संघियता कार्यन्वयन हुनुपर्ने औल्याउनु भयो ।
मधेस प्रदेश क्षेत्रको चुरे संरक्षण गर्न नसक्दा तराई–मधेशमा पानी सुक्दै गएको र खेतबारी बन्जर बन्दै गएको बताउदै अध्यक्ष यादवले “जबसम्म चुरे क्षेत्रका वन–जंगलको दोहन बन्द हुँदैन, तबसम्म तराई–मधेशको दीगो विकास सम्भव नहुने बताउनु भयो ।”
देशमा बढ्दो असमानता, विभेद, सामाजिक न्यायको अभाव र समानताको सवालमा वैकल्पिक राजनीतिक शक्तिको निर्माण अहिलेको आवश्यक बनेको बताउनुहुदै उहाँले संविधान संशोधन गरेर तराई–मधेस, पहाड र हिमालसम्मका उत्पीडनमा परेका समुदायको अधिकार सुनिश्चित्ता गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा अध्यक्ष यादबले पार्टीको निर्माण, मजबुत र संगठन सुद्विढुकरण गर्न तथा सामाजिक न्याय र अधिकारका लागि काम गर्न नवनिर्वाचित पदाधिकारीलाई निर्देशन दिएका थिए।
जसपा नेपाल अध्यक्ष मण्डलको सदस्य रमिला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा अनुसाशन विभाग प्रमुख जगदेव यादव, मधेश प्रदेश सभा सदस्य अनिरूद्व प्रसाद यादब, केन्द्रीय सदस्य बिकास तिवाडी, शैलेन्द्र मोहन झा, अमरनाथ मण्डल, गिता यादब, लगायतले शुभकामना मन्तब्य दिएका थिए।
उक्त कार्यक्रममा निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद यादबले नवनिर्वाचित अध्यक्ष केदार यादब सहितको पदाधिकारी तथा कार्यसमितिलाई शपद ग्रहण तथा पदभार गराईएको छ।

प्रकाशित मिति: २०२५-०८-१४ , समय : ०८:५३:१४ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित