आँखाका २ सय ६२ जनाको निशुल्क उपचार : १ सय ३ जना मोतिया बिन्दुको रोगी फेला
मिति: २०२५-०८-१४ , समय : १३:५१:४२ , गामघर डेस्क
मिति: २०२५-०८-१४ , समय : १३:५१:४२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । आँखा उपचार केन्द्र राजविराजले आँखाका विरामी २ सय ६२ जनालाई निशुल्क सेवा दिएका छन् ।
नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार प्रणाली, सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा राजविराज ९ मलेठस्थित रहेको आँखा उपचार केन्द्रमा आयोजना गरिएको निशुल्क शिविरमा २ सय ६२ जना आँखाका रोगीले सेवा लिएका हुन् ।
शिविरमा आँखाको जाँच, मोतिबिन्दुका अप्रेसन गर्नुपर्ने विरामीहरुको छनौट, ल्याव परीक्षण, सुपथ मुल्यमा औषधी र चश्मा लगायतका सेवा उपलब्ध गराइएको आँखा उपचार केन्द्र राजविराजका प्रमुख डा. रामकुमार झाले जानकारी दिनु भयो ।
उहाँले सिबिएम जर्मनीको वित्तिय सहयोगमा निशुल्क शिविरमा २ सय ६२ जना आँखाका विरामीहरुको जाँच गरिएकोमा त्यसमध्ये १ सय ३ जना मोतिया बिन्दुको रोगी र ७ जना आँखामा मासु पलाएको रोगी भेटिएको बताउनु भयो ।
मोतिबिन्दुको रोगीहरुलाई आँखाको अप्रेसनका लागि आँखा अस्पताल लहान पठाइएको र उनीहरुको अप्रेसन पनि भईसकेको डा. झाले जानकारी दिनु भयो ।
।
प्रकाशित मिति: २०२५-०८-१४ , समय : १३:५१:४२ , 1 hour अगाडि