सप्तरीको हनुमाननगर वडा कार्यालय तालाबन्दी : स्थानीयवासीहरुको आन्दोलन चर्कियो
मिति: २०२५-०८-१४ , समय : २२:४६:०४ , गामघर डेस्क
मिति: २०२५-०८-१४ , समय : २२:४६:०४ , गामघर डेस्क
गामघर डेस्क
हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.४ का स्थानीयवासीले बिहीबार पुनः वडा कार्यालयमा तालाबन्दी गरेका छन्। वडाअध्यक्ष मौली मण्डलको ‘स्वेच्छाचारी कार्यशैली’ र अनियमितताका आरोपसहित यसअघि साउन १८ गते लगाइएको तालाबन्दी तोडिएपछि फेरि तालाबन्द गरिएको हो।
स्थानीयवासीका अनुसार, स्थानीय तह गठन हुनुभन्दा पहिले सबैको सहयोगमा आपतकालीन अवस्थाका लागि राखिएको ठुलो होमपाइप वडा बाहिर लगिएको, विकास योजनामा गुपचुप उपभोक्ता समिति बनाएर कमिसन लिएको र गुणस्तरहीन काम गराएको जस्ता गुनासोहरू पटक–पटक राखिए पनि सम्बोधन नभएपछि आन्दोलन चर्किएको छ।
गत साउन १२ गते तीनवटै बुँदामा मागसहित ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरिँदा, जबरजस्ती तालाको तोडफोड गरिएको र नगरप्रमुख वीरेन्द्र माझीलाई समेत जानकारी दिइए पनि कुनै पहल नहुँदा स्थानीय पुनः आन्दोलनमा उत्रिएको निर्वतमान वडा अध्यक्ष नागेश्वर मण्डलले बताए।
यता स्थानीयवासीले अब माग पूरा नभएसम्म तालाबन्दी र विरोध कार्यक्रम निरन्तर गर्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: २०२५-०८-१४ , समय : २२:४६:०४ , 1 day अगाडि