समाचारकाे प्रभाव : राजनीतिक आवरणमा ठगी धन्दा , राहुल मण्डल पुर्पक्षका लागि थुनामा
मिति: २०२५-०८-१५ , समय : ०५:२९:५१ , रबि शर्मा
मिति: २०२५-०८-१५ , समय : ०५:२९:५१ , रबि शर्मा
रबि शर्मा
हनुमाननगर । राजनीतिक पहिचानको आड लिएर ठगी धन्दा सञ्चालन गर्दै आएका हनुमाननगर कंकालिनी नगरपालिका–१० का राहुल मण्डललाई जिल्ला अदालत सप्तरीको माननीय न्यायाधीश महेन्द्र बहादुर क्षेत्रीको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
यसअघि अदालतले मण्डलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गर्दै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो। त्यसअनुसार आज अदालतमा हाजिर गराइएपछि प्रारम्भिक सुनुवाइ सम्पन्न गर्दै उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो।
सप्तरी जिल्ला सरकारी वकिलको कार्यालयद्वारा दायर मुद्दाअनुसार, मण्डलले नक्कली लिखत र झुटा कागजात प्रयोग गरी एक महिलाको सम्पत्ति हडप्ने प्रयास गरेका थिए। राजनीतिक यात्रा माओवादी केन्द्र हुँदै जनता समाजवादी पार्टी (जसपा) सम्म पु¥याएका मण्डल २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवार बने पनि दुवैपटक जनमतबाट अस्वीकृत भएका थिए।
राजनीतिक रूपमा निरन्तर असफल रहँदै आएका मण्डल पछिल्ला वर्षहरूमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा परेका छन्। पार्टीभित्र र जनस्तरमा उनको गतिविधिप्रति तीव्र आलोचना भइरहेका बेला अदालतको यो आदेशलाई ठगी प्रवृत्तिमाथि कानुनी कठोरता स्वरूप लिइएको छ।
प्रकाशित मिति: २०२५-०८-१५ , समय : ०५:२९:५१ , 23 hours अगाडि