गाँजा तस्करीको हव बन्दै सप्तरी : बगैँचाबाट ९८ किलो अबैध गाँजा बरामद
मिति: २०२५-०८-१६ , समय : १४:०६:३१ , गामघर डेस्क
मिति: २०२५-०८-१६ , समय : १४:०६:३१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । पछिल्लोपटक सप्तरी जिल्ला गाँजा तस्करीको हव बन्दै गएको छ । साेहि क्रममा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका-११, नयाँ टोल स्थित बिहुल खोला नजिकैको बगैँचाबाट करिब ९८ किलोग्राम गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा पोकाभित्र राखिएको गाँजा फेला परेको हो।बरामद गरिएको गाँजालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। स्मरण रहाेस विगत केही समय यता सप्तरीको विभिन्न स्थानबाट अबैध गाँजा नियन्त्रणमा लिने कार्य प्रहरीले तिव्र बनाएको छ ।
प्रकाशित मिति: २०२५-०८-१६ , समय : १४:०६:३१ , 2 hours अगाडि