मधेश प्रदेशमा करेन्ट लागेर तीन वर्षमा ३ सय २४ जनाको मृत्युु

मिति: २०२५-०८-१७ , समय : ०७:२९:१२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज । मधेश प्रदेशमा करेन्ट लागेर ज्यान गुमाउनेहरुको तथ्याङ्क डरलाग्दो देखिएको छ । मधेश प्रदेश प्रहरीको तथ्याङ्क अनुसार बितेका तीनवटा आर्थिक वर्षमा मधेशका आठ वटा जिल्लामा करेन्ट लागेर तीन सय २४ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार गएको आर्थिक वर्ष एक सय १९ जनाले ज्यान गुमाएका थिए । जसमा ८४ जना पुरुष, १८ जना महिला, १३ जना बालक र चार जना बालिका छन् । यस्तै आर्थिक २०८०/०८१ मा ७० जना पुरुष, २२ महिला, पाँच बालक र एक बालिका गरी ९८ जनाले करेन्ट लागेर ज्यान गुमाएका थिए ।

आर्थिक वर्ष २०७९/८० मा ८३ पुरुष १४ जना महिला, तीन बालक र सात बालिका गरी एक सय सात जनाको करेन्ट लागेर ज्यान गएको थियो । धेरैजसो करेन्ट पानी तान्ने क्रममा लाग्ने गरेको पाइएको छ । त्यसमा पनि खेतमा मोटर चलाउने बेलामा करेन्ट लाग्ने घटना धेरै देखिएको प्रहरीले जनाएको छ । कतिपय किसानले पोलबाट सिधै तार जोडेर मोटर चलाउँदा करेन्ट लागेको पाइएको छ । घरायसी प्रयोजनका लागि चापाकल र डिप बोरिङमार्फत पानी निकाल्दा पनि करेन्ट लाग्ने घटना भएका छन् । उज्यालो

प्रकाशित मिति: २०२५-०८-१७ , समय : ०७:२९:१२ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित