मधेस प्रदेश : तस्करीको सामान बरामद , बरामद सामान गायव हुदा डिएसपी सहितलाई छानबिन

मिति: २०२५-०८-१७ , समय : ०७:३४:४७ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

जनकपुरधाम । तस्करी गरेर भित्राएकाे सामान बरामद गरि सबै सामान भन्सार नबुझाएको आराेपमा सशस्त्र प्रहरी बल राैतहट गणका डिएसपी सहितका प्रहरी छानबिनमा तानिएका छन् । छानबिनका लागि उनीहरूलाई मधेस प्रदेश स्थित बाहिनीमा तानिएको छ।
राैतहट गणका एक सशस्त्र प्रहरी निरीक्षकले जानकारी दिए अनुसार गणका डिएसपी अमर लामा सहितका एक दर्जन प्रहरीहरू छानबिनका लागि बाहिनीमा तानिएका हुन्। उनीहरू माथि बाहिनीले छानबिन शुरू गरेको छ।
राैतहट चन्द्रनिगाहपुरका तस्करका बादशाहा उपनामले चिनिने सुनिल जैसवालकाे तस्करीको सामान पक्राउ गर्दा यो काण्ड घटेको हो । धेरै बर्ष देखि राैतहटकाे नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्रै नभएर प्रदेश प्रहरी कार्यालय र बाहिनी समेतलाई मिलाएर चिनी लगायतका सामानको ठूलो तस्करी संजाल चलाएका सुनिल जैसवालकाे सामान पक्राउ गर्ने आंट हत्तपत्त कसैले गर्दैन । किनकि उनको आइजिपीहरू देखि एआइजिपीहरूसंग पनि राम्रो उठबस रहेको छ। सशस्त्र प्रहरीका कतिपय डिआइजी र एआइजिपी त उनलेे बाेलाएकाे ठाउँमा पुग्ने मात्रै हाेइन राम्रो आर्थिक फाइदा लिने मध्यमा पर्दछन् । यस्तो अवस्थामा पनि उनको तस्करीको सामान पक्राउ गर्न त गरे तर बरामद भएको सबै सामान भन्सार नबुझाएर गायव पारिएको काण्डले अहिले सशस्त्र प्रहरी बलको हलचाेकमा समेत खैलाबैला मच्चिएको छ। गणबाट डिएसपी अमर लामाको कमान्डमा खटिएको टाेलीले गरूणा नजिकै शिवनगर भन्ने ठाउँमा छापा मार्याे । छापा मार्दा फाेटाे र भिडियो खिचेर कसैले सशस्त्र हेडक्वाटरमा जिम्मेवार व्यक्तिहरूलाई पठाई दियो । फाेटाे र भिडियोमा ५ सय भन्दा बढी चिनी बरामद भएको देखिए पनि भन्सार बुझाउदा केवल १०६ बाेरा मात्रै बुझाए पछि बांकी सामान कहाँ गायव पारियो भन्ने प्रश्न उठ्यो र छानबिन शुरू भयो ।यसका अलवा बरामद भएको सामान गणबाट गाडी मगाएर आफ्नै जनशक्तिको प्रयोग गरेर भन्सार लगेर बुझाउनु पर्ने मा त्यसाे नगरी पव्लिक गाडी प्रयोग गरेर पव्लिकलाइ नै लाेड अनलाेड गर्न लगाएपछि झन् शंकास्पद भए पछि सशस्त्र मुख्यालयकाे आदेशमा छानबिन शुरू भएको समेत खुलेको छ । छानबिन शुरू भएको बाहिनीले पनि पुष्टि गरेको छ।

प्रकाशित मिति: २०२५-०८-१७ , समय : ०७:३४:४७ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित