सप्तरीमा एक होटल मजदुरको शंकास्पद मृत्यु : घटनाको छानबिन हुनुपर्ने माग
मिति: २०२५-०८-१७ , समय : १९:४२:३४ , गामघर डेस्क
मिति: २०२५-०८-१७ , समय : १९:४२:३४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको तिरहुत गाउँपालिका ४ डिमनमा आइतबार होटल कामदार पुरुषको शंकास्पद मृत्यु भएको छ । सुनसरी जिल्लाको दुहवी नगरपालिका ११ तन्मुनाका ५० वर्षिय जगदिश मेहता झुन्डिएको अवस्था मृत फेला परेको हो ।
मेहता बस्दै आएको घर देखि नजिकै रहेको मुङ्गा रुखको हाँगामा गम्छाको पासो लगाई झुण्डि मृत अवस्थामा उहाँलाई फेला परेको प्रहरीले जनाएको छ । ऊनी बिगत ४÷५ दिन अगाडी देखी डिमन स्थित रञ्जित कुमार मेहताले संचालन गर्दै आएको शिबशक्ती होटलमा कामदारको रुपमा काम गर्दै आएका थिए ।
घटना स्थलमा प्रहरी चौकी डिमनका प्रहरी टोली घट्नास्थल सुरक्षित राखेको तथा थप अनुशन्धानका लागी इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी टोली खटीएको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले मेहतालाई रुखको हाँगामा झुन्डिएको अवस्था मृत भेटिएको तथा शव परिक्षणपछि मात्र मृत्युको यथार्थ विवरण आउने बताउनु भयो । यता मृतक मेहताको शव परिक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तथा घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिनु भएको छ । मेहताको शव मुङ्गा रुखको हाँगामा भुँइमा घुँडा टेकेको अवस्था फेला परेको हुँदा घटना शंकास्पद रहेको भन्दै आफन्तजनले हत्या भएको हुन सक्ने आशंका गरेका छन् । साे घटनाको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गर्दै मृतक परिवारको आफन्तजनले केही समय शव परिक्षणका लागि पठाउन अवरोध गरेका थिए ।
प्रकाशित मिति: २०२५-०८-१७ , समय : १९:४२:३४ , 3 hours अगाडि