मधेस प्रदेश : दुर्घटनाग्रस्त बिरामीको मृत्यु प्रकरण विवादमा
मिति: २०२५-०८-२० , समय : ०७:१६:४३ , गामघर डेस्क
मिति: २०२५-०८-२० , समय : ०७:१६:४३ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । साई मल्टी स्पेसिलिटी हस्पिटल एण्ड ट्रामा सेन्टरमा तीन दिनअघि भएको एक दुर्घटनाग्रस्त बिरामीको मृत्यु प्रकरण अहिले विवादमा तानिएको छ। मृतक सन्तोष दासको शव अहिलेसम्म परिवारलाई समस्या समाधान नभएकाले अस्पताल परिसर तनावग्रस्त बनेको छ।
पीडित परिवारले आफूहरूले क्षतिपूर्ति पाउनुपर्ने र अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन्। उनीहरूको भनाइअनुसार तीन दिनसम्म शवको व्यवस्थापन नहुँदा लास गनाउन लागेको छ तर मृतकको मुखसम्म हेर्न नदिएको भन्दै आफन्त आक्रोशित बनेका छन्।
शव व्यवस्थापनमा ढिलाइ र अस्पताल प्रशासनको उदासीनताप्रति मृतकका आफन्त आक्रोशित हुँदै अस्पतालमा चाप बढाएको छ। परिवारजनले तत्काल क्षतिपूर्ति र निष्पक्ष कारबाहीको माग गरेका छन्।
प्रकाशित मिति: २०२५-०८-२० , समय : ०७:१६:४३ , 3 hours अगाडि