सप्तरीको बिष्णुपुरमा मदिरा सेवनपछि दाेहराे झडप : पाँच जना घाइते, छ जना फरार

मिति: २०२५-०८-२१ , समय : ०८:१९:३७ , नविन यादव

फायल तस्बिर

नविन यादव

राजविराज ।
सप्तरीकाे बिष्णुपुर गाउँपालिका वडा न.६ स्थित सरदार टोल र सदा टोलबीच बुधबार राति मदिरा सेवनपछि उत्पन्न विवादले उग्र रूप लिँदा दाेहराे झडप भएको छ। साे झडपमा दुवै पक्षका पाँच जना घाइते भएका छन् भने छ जना फरार रहेका छन्।
प्रहरीका अनुसार उक्त झडपमा सरदार टोलका शिवकुमार सरदार (४८), अजय सरदार (२८), मन्जय सरदार (२८) र लक्ष्मी सरदार (२८) घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि धरान रेफर गरिएको छ। सदा टोलका ललकु सदा (५०) सामान्य घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। कुटपिटमा संलग्न भई फरार रहेका ६ जनाको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।
यता साे घटनाको प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-०८-२१ , समय : ०८:१९:३७ , 3 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित