सप्तरीमा धारिलो बस्तुले आफ्नै घाँटीमा प्रहार गरी गम्भीर घाइते
मिति: २०२५-०८-२२ , समय : २३:४६:१५ , गामघर डेस्क
मिति: २०२५-०८-२२ , समय : २३:४६:१५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका वडा न.४ डाढा टोलमा शुकबार बिहान घरायसी विवादका कारण एक महिला घाइते भएकी छिन्।
छतर खंगका छोरा २० वर्षीय हरिशंकर खंग र सोही टोलका रामअशिष खंगकी २५ वर्षीया पत्नी आरती खंगबीच घरायसी विषयमा वडाध्यक्ष जुगेश्वर साहलाई राखेर छलफल भइरहेका बेला आरती अचानक बैठकबाट उठी आफ्नै कोठामा गई घाँटीमा धारिलो वस्तु प्रहार गरी घाइते भएकी प्रहरी चौकी महादेवाले जनाएको छ।
घाइते आरतीलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको र उनको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। उपचारमा आरतीका बुबा संलग्न रहेका छन्।
यता घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी महादेवा सप्तरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको र आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-०८-२२ , समय : २३:४६:१५ , 5 hours अगाडि