झुठोमुद्वा फिर्ता नगरे सशक्त आन्दोलनको चेतावनी : थारु कल्याण कारिणीसभा सभा

मिति: २०२५-०८-२३ , समय : २२:३१:१९ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको कल्याणपुरमा टिकापुर थारु विद्रोहको स्मरण गर्दै शनिबार दशौ टिकापुर थारु विद्रोह तथा कालो दिवस तथा विरोध सभा सम्पन्न गरिएको छ । थारु कल्याण कारिणीसभा सभा सप्तरी तथा थारुहट थारुवान संयुक्त संघर्ष समिति सप्तरीद्वारा ¥याली तथा विरोध सभा सम्पन्न गरेको हो ।
थारु कल्याण कारिणीसभा सप्तरीका सभापति एवम् थारुहट थारुवान संयुक्त संघर्ष समिति सप्तरीका संयोजक भुपेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बक्ताहरुले टिकापुर थारु विद्रोहको क्रममा थारु नेताहरुमाथि लगाएको झुठा मुद्दा निसर्त फिर्ता गर्नुपर्ने माग गर्नु भयो । टिकापुर घटना थारु सामुदायले नगरेको जिकिर गर्दै बक्ताहरुले घटनाको छानबिन गर्न सरकारले गठन गरेको लाल आयोगको प्रतिबेदन अविलम्ब सार्वजनिक गर्न आग्रह गरेका छन ।
उनीहरुले थारु, आदिवासी जनजाति,मधेसी, दलित, महिलाको अधिकार र पहिचानको आन्दोलनका अगुवा नेताकार्यकर्तामाथि झुठो मुद्दा लगाएर फँसाउने कार्य नरोकिए कठोर संघर्षमा उत्रिने चेतावनी समेत दिनु भयो ।
राजनीतिक मुद्दालाई राजनीतिक तरहले समाधान खोज्नु पर्नेमा जोड दिदै बक्ताहरुले राज्यको षड्यन्त्रबाट सचेत हुँदै पहिचान प्रतिनिधि र अधिकारका लागि उत्पीडित जातिसमुदाय गोलबद्व हुनुको विकल्प नरहेको बताएका छन ।
विरोधसभालाई आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवम् मधेस प्रदेशका गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखी, थारुहट थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक श्रवण थारु, महासचिव तुलसी थारु, थाकसका केन्द्रीय सदस्य शिव नारायण थारु, पत्रकार बृजमान तामाङले आ आफनो विचार ब्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०२५-०८-२३ , समय : २२:३१:१९ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित