शिक्षामा पनि राजनीति : सप्तरीको महादेवामा शिक्षक सरुवाले विधालयकाे पढाई प्रभावित
मिति: २०२५-०८-२४ , समय : २०:३३:०५ , गामघर डेस्क
मिति: २०२५-०८-२४ , समय : २०:३३:०५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको महादेवा गाउँपालिका १ स्थित नरबहादुर थापा जनता माध्यमिक विधालय पकरी गोठ सोनरामा कार्यरत शिक्षक फेरबदल(सरुवा)ले विधालयका पढाई प्रभावित हुने गरेको अभिभावक,विधार्थीहरुको गुनासो छ । महादेवा गाउँपालिका १ अन्तर्गत आधारभुत तहका योग्य,क्षमतावान शिक्षकहरको सरुवा महादेवा शिक्षा शाखा र गा.पा. कार्यपालिकाको समन्वयमा शिक्षकहरुको फेरवदल(सरुवा) गरिएकोले विधालयलाई पठन पाठनमा अधातपुर्ण क्षेति हुने देखिएकोले महादेवा गा.पा. वडा न.ं १ का वडाध्यक्ष जयश्वर किशोर दास,अभिभावक,बुद्विजिवी,समाजसेवी,र भु.पु.,निवर्तमान वि.ब्य.स.का. अध्यक्षहरुको उपस्थितिमा छलफल गर्दा सरुवा(फेरवदल) गरिएका आधारभुत वि. शिक्षक नारायण यादव,राप्राविका शिक्षक दिलिप यादव र प्रावि राहत शिक्षिका कामोरकुमारी यादवलाई अबिलम्ब फिर्ता गर्ने निर्णय भएको वडाध्यक्ष दासले सञ्चारकर्मीलाई जानकारी दिएका छन । उहाँका अनुसार सरुवा फिर्ता निर्णय सहितका पत्र गापा अध्यक्षलाई बुझाएको वडाध्यक्ष दासले जानकारी दिएका छन ।
स्थानिय अभिभावक,विधार्थीहरुले सरुवा फिर्ता नभए आफुहरु सशक्त आन्दोलनमा जाने समेत चेतावनी स्थानिय पुर्व वि.ब्य.स.का. अध्यक्ष देवनारायण यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
यसैविच ११ वर्षदेखि मा.वि.राहतका गणित विषय शिक्षक शम्भु यादवलाई आईतवारदेखि कक्षा ८,९ र १० का विधार्थीहरुले कक्षा बहिष्कार गरेको स्थानिय अभिभावक महेन्द्र यादवले जानकारी दिएका छन ।
प्रकाशित मिति: २०२५-०८-२४ , समय : २०:३३:०५ , 4 hours अगाडि