याे के हुदैछन मधेस प्रदेशमा : शिक्षक कुट्ने वडाध्यक्षमाथि अपहरण र ज्यान मार्ने उद्योगमा अनुसन्धान
मिति: २०२५-०८-२७ , समय : ००:०७:५६ , गामघर डेस्क
मिति: २०२५-०८-२७ , समय : ००:०७:५६ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौँ । शिक्षक कुटेको आरोपमा पक्राउ परेका मधेस प्रदेशको बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्षमाथि प्रहरीले अपहरण र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । वडाध्यक्ष वृजकिशोर कुशवाहाले साउन २८ मा प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षकलाई कुटेका थिए ।पीडित शिक्षक नागेश्वर यादवले दिएको जाहेरी दर्ता गरेर वडाध्यक्षलाई पक्राउ गरिएको बाराका एसपी सन्तोष तामाङले बताए ।शिक्षक तामाङका अनुसार वडाध्यक्ष कुशवाहा ८ दिनअघि पक्राउ परेका हुन् ।
तर, कुटपिट गरेको भिडियो मंगलबार सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । भिडियो बाहिरिएपछि त्यसबारे धेरैले चासो व्यक्त गरेका छन् ।आरोपी विरुद्ध अपहरण शरीर बन्धक र ज्यान मार्ने उद्योग सहितको कसुरमा अनुसन्धान भइरहेको एसपी तामाङले जानकारी दिए ।
नागेश्वर यादव महागढीमाई नगरपालिका–१० गञ्जभवानीपुर स्थित भोला माविका शिक्षक हुन् । उनले निजी ट्युसन सेन्टर पनि सञ्चालन गरेका छन् ।छात्राहरूलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै वडाध्यक्षले ती शिक्षकलाई आफ्नो कार्यालयमा बोलाएर कुटेका हुन् । अर्धनग्न बनाएर तथा हात बाँधेर अन्य व्यक्तिहरूको सामुन्ने वडाध्यक्षले कुटेको भिडियोमा देखिन्छ ।कुटपिट गर्ने बेलामा वडाध्यक्षले मादक पदार्थ सेवन गरेको शिक्षकले दाबी गरेका छन् । कुशवाहा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: २०२५-०८-२७ , समय : ००:०७:५६ , 4 hours अगाडि