मधेस प्रदेश : वीरगञ्जमा अहिलेसम्म १ सय १४ जनामा हैजाको सङ्क्रमण पुष्टि
हैजा फैलिएपछि वीरगञ्जका विद्यालय थप तीन दिनका लागि बन्द
मिति: २०२५-०८-२७ , समय : ०९:१८:३० , गामघर डेस्क
मिति: २०२५-०८-२७ , समय : ०९:१८:३० , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । मधेस प्रदेशको पर्साको वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म एक सय १४ जनामा हैजा पुष्टि भएको छ । झाडापखाला र हैजा पुष्टि भएका एक सय ९९ जना बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला लागेर उपचारका लागि भर्ना भएका बिरामीको सङ्ख्या चार सय २२ पुगेको छ । जसमध्ये उपचार गराएर दुई सय २३ जना डिस्चार्ज भएका छन् । महानगरपालिकाले हैजा सङ्क्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशङ्कामा पानीको नमुना सङ्कलन र प्रयोगशालामा परीक्षण प्रक्रियालाई अघि बढाएको छ ।
महानगरको स्वास्थ्य शाखाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा परीक्षण गरेका बिरामीको दिसाको कुल १० नमुनामध्ये आठ नमुनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । बाँकी दुई नुमनाको रिपोर्ट आउन बाँकी छ ।
हैजा फैलिएपछि वीरगन्ज महानगरले मातहतका सबै विद्यालय थप तीन दिन बन्द गरेको छ । विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । महानगरपालिकाले सरसफाइ र सचेतनामुलक कार्यक्रम गरिरहेको छ । पानी उमालेर पिउन, खुला शौच नगर्न, सरसफाइमा ध्यान दिन डाक्टरले अनुरोध गरेका छन् ।
यता हैजा फैलिएपछि पर्साकाे वीरगन्ज महानगरपालिकाले आफू मातहतका सबै विद्यालयहरु थप तीन दिनका लागि बन्द गरेको छ । आज बसेको नगरप्रमुस्तरीय बैठकले भोलिदेखि शुक्रवारसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यस अघि दुई दिनका लागि विद्यालय बन्द गरिएका थिए । बैठकले विद्यालयका शिक्षक र कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।
यसैबीच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट हैजाको आशङ्कामा पठाएका बिरामीको नमुना परीक्षण गर्दा १० मध्ये आठ वटामा हैजाको सङ्क्रमण पुष्टि गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार वीरगञ्ज महानगरपालिकामा गएको सुक्रवारयता झाडापखालाका तीन सय ९१ जना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये ९५ जनामा हैजा पुष्टि भएको छ ।
प्रकाशित मिति: २०२५-०८-२७ , समय : ०९:१८:३० , 5 hours अगाडि