सप्तरीमा नेपाल शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना
मिति: २०२५-०८-२९ , समय : २३:५०:०२ , गामघर डेस्क
मिति: २०२५-०८-२९ , समय : २३:५०:०२ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
राजविराज । सप्तरी लगायत मुलुक भरी शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ विधेयक विरुद्ध धर्ना दिएका छन । शुक्रबार शिक्षक आन्दोलन परिचालन संघर्ष समितिले सप्तरीले जिल्लाका १८ वटै पालिकामा शुक्रवार दुई घण्टे धर्ना दिएर प्रमुख प्रशासकीय अधिकृतहरुलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सहमति भएका विषयहरू विधेयकमा सम्बोधन नभएको भन्दै छुटिएका बुँदाहरू समावेश गर्नुपर्ने माग गरिएको छ । “अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वका लागि तोकिएको आन्तरिक परीक्षामा शतप्रतिशत सहमति हुनुपर्छ, गोल्डेन ह्यान्डसेक अन्तर्गत दिइने रकम तोक्नुपर्छ, बालशिक्षकलाई पद र सेवा–सुविधा दिनुपर्छ, विद्यालय कर्मचारीहरूको दरबन्दी कायम गर्नुपर्छ, प्रधानाध्यापकलाई ट्रेड युनियन अधिकार दिनुपर्छ, आवधिक बढुवा सुनिश्चित गर्नुपर्छ, शिक्षक सेवा आयोगमा योग्य उम्मेदवारको उमेर सीमा ४० वर्ष हुनुपर्छ,” नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेशप्रसाद यादवले सञ्चारकर्मीलाई बताउनु भयो ।
यस्तै, राहत शिक्षक मधेश प्रदेश अध्यक्ष गंगाप्रसाद यादवले लामो रस्साकस्सी र विवादबीच विद्यालय शिक्षा विधेयक संसदीय समिति हुँदै प्रतिनिधि सभामा पुगे पनि महत्वपूर्ण विषयहरू छुटेको बताउनु भयो ।
संसद्मा विधेयक पेस भएको दिनमै नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। महासंघले सरकार र शिक्षकबीच भएको पूर्वसहमति विपरीत विधेयक आएको भन्दै आन्दोलन अपरिहार्य भएको बताएको छ ।
प्रकाशित मिति: २०२५-०८-२९ , समय : २३:५०:०२ , 3 months अगाडि