सप्तरीका सिडियाे र पत्रकार विच भेटघाट : सुशासन र सुरक्षा व्यवस्था सुदृढ बनाउने प्रतिबद्धता
मिति: २०२५-०९-०१ , समय : ०८:०१:५० , गामघर डेस्क
मिति: २०२५-०९-०१ , समय : ०८:०१:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीका नवआगंतुक प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पत्रकार र प्रशासन वीचको समन्वय भएमा सुशासन र सुरक्षा व्यवस्था सुदृढ हुने बताएका छन् । धनकुटाबाट सप्तरी सरुवा भइ आएका प्रजिअ पोखरेलले आइतबार पत्रकारहरुसंग भेटघाटको क्रममा सो कुरा बताएका हुन् ।
प्रजिअ पोखरेल पत्रकारलाई सूचना,सुरक्षा र सम्मानमा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै जनतालाई सुसूचित गर्ने, विकृति, वेतिथी नियन्त्रण गर्ने मुख्य दायित्व बोकेका राज्यको चौथो अंग पत्रकारसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउनु सरोकारवालाहरुसंग समन्वय गरि अगाडि बढ्ने बताउनुहुँदै प्रजिअ पोखरेलले यसकालागी सबैको सकारात्मक सहयोग अपरिहार्य रहेको बताउनु भयो ।
उहाँले विगतका निर्णयहरुलाई समेत प्राथमिकतामा राखेर कार्यान्वयन गरिने बताउँदै सिमा नाकामा हुने चोरी निकासी, तस्करी, नियन्त्रण, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण जस्ता जनहितका कार्यमा लाग्ने बताउनु भयो ।
परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई, लगायतले सप्तरीको समग्र अवस्थाको बारे आ–आफ्नो राय सुझावसहितको विचार राखेका थिए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल सरुवा भएपछि पोखरेल सप्तरी आएका हुन् ।
प्रकाशित मिति: २०२५-०९-०१ , समय : ०८:०१:५० , 14 hours अगाडि