अझै राेकिएन मधेस प्रदेशमा तस्करी : गोरखकाली नाकाबाट खुलेआम प्रहरीकै मिलाेकताेमा तस्करी

मिति: २०२५-०९-०१ , समय : ०८:२३:०७ , गामघर डेस्क

तस्बिर : एस. एन. यादव /गामघर टिभि

गामघर डेस्क

काठमाडौं । पछिल्लो केही समय यता मधेस प्रदेशको जिल्लाहरुमा तस्करी फष्टाएकाे छ । साेहि क्रममा मधेस प्रदेशको सर्लाही जिल्लाको गोरखकाली नाका तस्करहरूको लागि खुला छ। सर्लाहीको मुख्य तस्करी हुने नाका मध्ये गोरखकाली प्रमुख हो । गोरखकाली स्थित प्रहरी चौकीमा जानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई टेण्डर हालेर जाने प्रचलन यहाँ धेरै बर्ष देखि चल्दै आएको छ । त्यसैले पनि टेण्डर हालेर गएपछि त्यही अनुसार उठाउन त पर्याे नै । उठाउनको लागि तस्करी गराउनु नै पर्याे । त्यही भएर पनि यो नाकाबाट अहिले व्यापक तस्करी भैरहेको छ ।
यस नाकाबाट मुख्य गरेर तस्करीको लाइन पाउनेहरूमा जयकिशोर यादव ( हार्डवेयर र बिद्धुतिय सामान ) , विजय साह ( सूर्ति , कपडा , बिद्धुतिय सामान ) , जयकिशोर यादव ( कपडा , स्याउ , मकै , धान ) , उमेश पटेल ( कपडा , स्याउ , मकै , कस्मेटिक ) , तीन बहिनी ( टेम्पोमा कपडा ) , उर्मिला ( किराना ) काली ( किराना ) प्रमुख छन् । यसबाहेक यस चौकी मातहत ९ वटा अबैध मदिरा भट्टीहरू समेत रहेका छन् । यी अबैध भट्टीहरूबाट उत्पादित मदिरा भारत तर्फ तस्करी हुदै आएको छ । अबैध भट्टी संचालन गर्न सहयोग गरेवापत एउटा भट्टीले जिल्लाका घुमुवा बाहेक स्थानीय प्रहरीलाई मासिक २५ हजारको दरले रकम दिने गरेको समेत भट्टी चलाउनेहरू खुलेयाम नै बताउँछन् । साथै यहाँका प्रतीक र साहारा नामका होटलमा भारतीयहरू मदिरा सेवनका लागि आउने गर्दछन् । बिहान देखि राति अबेर सम्म मात्रै होइन मध्य रात सम्म मात्रै नभएर कहिलेकाही त रातभर नै होटलमा भारतीय ग्राहकले मदिरा सेवन गरेर बसिरहेको देख्न सकिन्छ । त्यसरी छुट दिएवापत होटलले प्रहरीलाई महिनावारी राम्रो रकम दिने गरेको समेत होटलका कर्मचारीहरू बताउँछन् । यी होटल डिस्को क्लव जस्तो पनि अनुभूति हुन्छ कहिलेकाही त । अहिले यो गोरखकाली चौकीमा सई हरेन्द्र साह प्रमुख छन् । केही बर्ष पहिले सम्म हवल्दार बस्ने यो चौकीमा अहिले सई प्रमुख छन् । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-०९-०१ , समय : ०८:२३:०७ , 13 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित