आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा स्कुलका प्रधानाध्यापक पक्राउ

मिति: २०२५-०९-०१ , समय : १६:२५:५६ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाडौं । कोशी प्रदेशको उदयपुरकाे बेलका नगरपालिका–२ कञ्चनजंघा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठ पक्राउ परेका छन्। आफ्नै विद्यालयकी १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका अनुसार, प्रधानध्यापक श्रेष्ठले दुई दिनअघि विद्यालय समयमै छात्रालाई आफ्नोै कार्यालय कोठामा बोलाएर बलात्कार गरेको पाइएको छ। छात्राकी भाउजूले घट्नाको विवरण उल्लेख गर्दै जाहेरी दिएकी छिन्।

आइतबार साझ प्रहरीमा जाहेरी परेपछि प्रधानध्यापक श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका श्रेष्ठ अहिले इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा छन्।

यता प्रहरीले घटनाको अनुसन्धान जारी राख्दै आवश्यक कानुनअनुसार आवश्यक कारबाही अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २०२५-०९-०१ , समय : १६:२५:५६ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित