रक्षक नै भक्षक : प्रहरीकै मिलोमतोमा सीमावर्ती क्षेत्रहरूबाट गाई र गोरुकाे खुलेआम तस्करी

भारतबाट बङ्गलादेशसम्म फैलिएको गाई–गोरु तस्करी चेनमा नेपाल पनि अप्रत्यक्ष रूपमा जोडिएको देखिन्छ ।

मिति: २०२५-०९-०२ , समय : १५:२२:१९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । हालैको अनुसन्धान र स्थानीय स्रोतका अनुसार, गाई तथा गोरु तस्करीमा प्रहरीकै मिलोमतो रहेको आशंका गरिएको छ। तस्करहरूले सीमावर्ती क्षेत्रहरूबाट गाई र गोरु अवैध रूपमा भारततर्फ लैजाने क्रममा प्रहरीले जानाजानी आँखा चिम्लिएको देखिन्छ । भारतबाट बङ्गलादेशसम्म फैलिएको गाई–गोरु तस्करी चेनमा नेपाल पनि अप्रत्यक्ष रूपमा जोडिएको देखिन्छ ।
तर, यो गम्भीर विषय अझै देशको मुख्य नीतिगत बहसमा प्रवेश गर्न सकेको छैन । कपिलवस्तुको सीमावर्ती विभिन्न खुला नाका हुँदै भारतीय गाउँबाट गाईगोरु नेपाल भित्र्याउने गरेको पाइएको छ । भारतबाट लुकिछिपी गाईगोरु नेपाल ल्याउने र चरम यातना दिँदै अवैध ओसारपसार गर्ने गिरोह छ ।
विश्वसनीय स्रोतका अनुसार, प्रहरी अधिकारीहरूसँग मिलेर तस्करहरूले ’सेटिङ’ गरेको तथा प्रत्येक गाडी वा गाई÷गोरु तस्करीका लागि निश्चित रकमको लेनदेन हुने गरेको पाइएको छ। यस प्रकारको मिलेमतो नीतिगत कमजोरी मात्र नभई कानुनी उल्लङ्घन पनि हो। पशु अधिकार तथा धार्मिक संवेदनशीलतासँग जोडिएको यो विषय अत्यन्त संवेदनशील मानिन्छ। स्थानीयहरूको भनाइ अनुसार, रातको समयमा वा सुरक्षाकर्मीहरूको साटो हुने समयमा गाईगोरु सीमावारि पार गरिन्छन्। कतिपय अवस्थामा त सुरक्षा चौकीकै नजिकैबाट ठूलो संख्यामा गाईगोरु पार गरिँदै आएको देखिएको छ। यसरी हुने तस्करीमा केही प्रहरी र स्थानीय दलालहरूबीच आर्थिक लेनदेन समेत हुने गरेको छ।
भारतबाट बाङ्ग्लादेशसम्म हुँदै आएको गाई तथा गोरुको अवैध तस्करीमा नेपालसमेत संलग्न छ। पछिल्ला केही अनुसन्धानहरू र सुरक्षाकर्मीहरूको रिपोर्टअनुसार, नेपालका केही सीमावर्ती नाकाहरू प्रयोग गरी भारततर्फ गाई गोरु लैजाने र त्यसपछि तिनीहरूलाई बाङ्ग्लादेशतर्फ तस्करी गरिने गरेको देखिएको छ। यस प्रक्रियामा भारत–नेपाल खुला सिमानाको दुरुपयोग भइरहेको छ। तस्करहरूले नेपालमार्फत गाई–गोरु ओसारपसार गर्दा सुरक्षाकर्मीहरूको निगरानीबाट जोगिन सहज हुने भएकाले यो मार्ग रोजिने गरेको बताइन्छ।यसरी गाई–गोरुको तस्करीमा नेपाल प्रयोगिनु अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि गम्भीर चुनौतीको विषय बनेको छ। सम्बन्धित निकायहरूले अनुसन्धानलाई तीव्र बनाएका छन् र यसमा संलग्न व्यक्तिहरूको पहिचान र नियन्त्रणका लागि निगरानी बढाइएको छ। केही नेपाली नागरिकहरू पनि आर्थिक प्रलोभनमा परेर तस्करीमा संलग्न हुने गरेका छन्। यस्ता कार्यहरूलाई रोक्न नेपाल सरकारले भारत र बाङ्ग्लादेशसँग समन्वय गरी कडा कदम चाल्नु आवश्यक देखिएको छ। नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-०९-०२ , समय : १५:२२:१९ , 17 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित