सुनसरीको झुम्का कारागारमा भाइरल सङ्क्रमण , तीन जना कैदीबन्दीको मृत्यु
मिति: २०२५-०९-०४ , समय : १४:५६:३९ , गामघर डेस्क
मिति: २०२५-०९-०४ , समय : १४:५६:३९ , गामघर डेस्क
गामघर डेस्क
सुनसरी । कोशी प्रदेशको सुनसरीको इनरुवामा रहेको झुम्का कारागारमा भाइरल सङ्क्रमण भएको छ । यस बीचमा दीर्घरोघ भएका तीन जना कैदीबन्दीको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षण देखिएपछि उपचारका क्रममा उनीहरुको ज्यान गएको हो । तर बाहिर हल्ला भएजस्तो कारागारमा ठूलै महामारी भने नआएको सुनसरीका डीएसपी योगेश खतिवडाले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार ज्यान गुमाउनेमा ४६ वर्षीय जलेश्वर यादव, ४८ वर्षीय रामदेव उराव र २४ वर्षीय सागर राई छन् । ३/४ दिन अघिदेखि कैदीबन्दीहरुमा भाईरल सङ्क्रमण देखिएको हो । झन्डै एक हजार सात सयको हाराहारीमा कैदीबन्दी रहेको कारागारमा हिजो मात्रै तीन सय ५३ जनाको स्वास्थ्य जाँच भएको छ । स्वास्थ्य जाँच गरिएकामध्ये १३ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
प्रकाशित मिति: २०२५-०९-०४ , समय : १४:५६:३९ , 5 hours अगाडि