जेनजी प्रदर्शन अपडेट : काठमाडौंमा प्रहरीकाे गाेलीबाट ९ जनाको मृत्यु

काठमाडौं स्थित ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

मिति: २०२५-०९-०८ , समय : १५:४८:२९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

अनलाइनखबरलाई विभिन्न अस्पतालहरुबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।


ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
‘जेन जी’ भनिने नवयुवा पुस्ताहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्धसहित भ्रष्टचारको विरोधमा सडक आन्दोलन थालेका हुन् ।

प्रदर्शनकारीहरू संसद् भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले घातक बल प्रयोग गरेको छ । प्रहरीले जथाभाबी गोली चलाएको हो । यस्तै अश्रुग्यास र लाठीचार्ज पनि जथाभाबी गरेको छ । सिभिल, एभरेस्ट, ट्रमा, केएमसी लगायतका अस्पतालहरू घाइतेले भरिएका छन् ।
यता काठमाण्डौसहित देशका विभिन्न शहरमा प्रदर्शन गरेको ‘जेन जी’ आन्दोलनले सबै आन्दोलनकारीहरूलाई घर फर्कन आह्वान गरेको छ ।

काठमाण्डौको बानेश्वरमा भएको प्रदर्शनमा घुसपैठ भएको भन्दै आन्दोलनले सबैलाई फर्कन आह्वान गरेको हो। ‘जेन डट जेट नेपाल’ ले सूचना निकालेर प्रदर्शनमा सहभागी सबैलाई फर्कन भनेको हो ।

बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरूले बानेश्वरको निषेधित क्षेत्र तोडेपछि प्रहरीले शुरूमा पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । संसद् भवन परिसरमा पनि प्रदर्शनकारीहरू प्रवेश गरेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रकाशित मिति: २०२५-०९-०८ , समय : १५:४८:२९ , 19 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित