राजविराज कारागार अपडेट : फरार २०५ कैदीबन्दीमध्ये २४ जना पक्राउ

मिति: २०२५-०९-१० , समय : १८:०३:०४ , विद्यानन्द राम

तस्बिर : विद्यानन्द राम / राजविराज

विद्यानन्द राम

राजविराज ।
सप्तरीको राजविराज कारागारबाट फरार २०५ कैदीबन्दीमध्ये २४ जना पक्राउ परेका छन् । बुधबार दिउँसो कारागारभित्र आगजनी गरी उनीहरु भागेका थिए ।
कारागारमा आगजनी भएपछि सुरक्षाकर्मीले केही राउन्ड अश्रुग्यास फायर गर्दै रोक्न खोज्दा पनि A ब्लकका ती कैदीबन्दीहरु फरार भएका हुन् ।
अरु फरारको खोजी गर्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले ‘सर्च अप्रेसन’ जारी राखेको एसपी गौतमकुमार केसीले जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०९-१० , समय : १८:०३:०४ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित