सेना र जेनजीका तर्फबाट शुसिला कार्कीबीच वार्ता हुँदै…
ज्ञानेन्द्र शाहीले गरे सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँने प्रस्तावको विरोध !
मिति: २०२५-०९-११ , समय : ०९:५८:५२ , गामघर डेस्क
मिति: २०२५-०९-११ , समय : ०९:५८:५२ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं ।
अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच आज छलफल हुने भएको छ ।
जेन-जी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने तयारी रहेको बुझिएको छ । कार्की निकट स्रोतका अनुसार सेनासँग पहिला वार्ता हुने अनि त्यसबाट विकसित परिस्थिति अनुसार राष्टपतिसँग वार्ता हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग बिहीबार बिहानदेखि छलफल गरेर निकास निकाल्ने तयारी गरेकाले सम्भवत निर्णायक वार्ता हुने विश्वास गरिएको छ ।
काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले पनि शुसिला कार्कीको नाममा सहमति जनाएकाले जेन-जीको एक्लो उम्मेदवारको रुपमा देखिएकी छन् ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउँने प्रस्तावको विरोध गरेका छन् । पुरानै अनुहारको कुर्सीलाई समर्थन गर्ने र कुर्सीको लडाइँमा लड्ने हो भने त्यसको पीडा मूल्य के भन्दै उनले विरोध जनाएका छन् । उनले नयाँ पुस्ताकै युवालाई प्रधानमन्त्री बनाउँन जोड गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् –

५०० भन्दा बढी घाइते, ३० जनाको हत्या खरबौँको रुपैयाको भौतिक क्षेती । रगतले भिजेका ती आशु पुछ्नु नै जेनजी पुस्ताको लडाइँ हो। तर यदि अन्त्यमा त्यही पुरानै अनुहारको कुर्सीलाई समर्थन गर्ने र कुर्सीको लडाइँमा लडने हो भने त्यस पीडाको मूल्य केरु ती निर्दोष बालकको हत्या पनि यिनै पापी सरकारको खेल हो।
प्रकाशित मिति: २०२५-०९-११ , समय : ०९:५८:५२ , 3 months अगाडि