काठमाडौं मेयर बालेन शाहद्वारा जेन–जी लाई सुझाब, सुशीला कार्कीको नेतृत्वमा सहमति
मिति: २०२५-०९-११ , समय : १०:०३:०७ , गामघर डेस्क
मिति: २०२५-०९-११ , समय : १०:०३:०७ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले जेन–जी आन्दोलनप्रति समर्थन जनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो आधिकारिक प्रतिक्रिया दिएका छन्। उनले देश अहिले इतिहासमै नभएको फरक परिस्थितिमा रहेको उल्लेख गर्दै धैर्य र संयमता अपनाउन युवाहरूप्रति आग्रह गरेका छन्।
मेयर शाहले जेन–जीको प्रस्तावअनुसार अन्तरिम / चुनावी सरकारको नेतृत्व पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई दिनुपर्नेमा पूर्ण समर्थन रहेको स्पष्ट पारे। “तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु,” उनले फेसबुकमार्फत भनेका छन्।
उनका अनुसार अन्तरिम सरकारको काम देशलाई नयाँ चुनावतर्फ लैजाने र जनादेश प्राप्त गर्ने मात्र हो। स्थायी नेतृत्व चुनावबाटै आउने भएकाले तत्काल हतारमा नेतृत्वमा आउन नचाहनुपर्ने उनले स्पष्ट पारे।
त्यसैगरी, उनले राष्ट्रपति समक्ष पनि जेन–जीले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन्।
यता मेयर बालेन शाहको भनाइलाई जेन–जी आन्दोलनप्रति औपचारिक समर्थनको रूपमा हेरिएको छ।
प्रकाशित मिति: २०२५-०९-११ , समय : १०:०३:०७ , 7 hours अगाडि