सुनसरीको झुम्का कारागारबाट भागेका ५ जना कैदीबन्दी सप्तरीबाट पक्राउ

मिति: २०२५-०९-११ , समय : ११:२७:०२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज ।
सुनसरीको झुम्का कारागारबाट भागेका पाँच जना कैदीबन्दी सप्तरीमा पक्राउ परेका छन् । उनीहरुलाई रुपनी र तिरहुत गाउँपालिकाबाट पक्राउ गरिएको हो ।

कैदीबन्दीलाई खोजी गर्न सुरु गरिएको ‘सर्च अप्रेशन’मा उनीहरुलाई पक्राउ गरिएको सप्तरीका एपसी गौतमकुमार केसीले जानकारी दिए ।

मंगलबार राति झुम्का कारागारबाट भागेका उनीहरु गाउँमा लुकिछिपी बस्दै आएका थिए । बुधबार दिउँसो सप्तरीको राजविराज कारागारबाट पनि २ सय ५ जना कैदीबन्दी भागेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले ‘सर्च अप्रेशन’ सुरु गरेको थियो ।

सप्तरीको राजविराज कारागारभित्रै आगजनी गरेर ‘A ब्लक’बाट भागेका कैदीबन्दीमध्ये अहिलेसम्म ३७ जनालाई पक्राउ गरिएको छ । तर, स्थानीयले कैदीबन्दीलाई लुकाइदिँदा खोजी गर्न कठिन भइरहेको एसपी केसीले बताए । इकान्तिपुर

प्रकाशित मिति: २०२५-०९-११ , समय : ११:२७:०२ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित