सुनवर्षीका युवाहरुको उदाहरणीय कामः जलाईएको चेक पोष्ट आफै बनाए, शसस्त्र प्रहरीलाई खादा लगाएर स्वागत
मिति: २०२५-०९-१६ , समय : ०७:५४:४० , गामघर डेस्क
मिति: २०२५-०९-१६ , समय : ०७:५४:४० , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको मोरङको सुनवर्षीका युवाहरुले उदाहरणीय काम गरेका छन् । सुनवर्षी–८ का समाजसेवी युवाहरु आफ्नो ठाउँ आफै बनाउन जुटेर उदाहरणीय काम गरेका हुन् ।आफ्नो गाउँ आफै बनाउनुपर्छ भन्ने सोच राख्ने स्थानीय युवाहरु मो. शम्सेर कमर, अबु अमिर, असगर परवेज र मो. अनवरले जेनजी आन्दोलनका नाममा अराजक तत्वहरुले तोडफोड र आगजनी गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सिक्टी मातहतको चेकपोष्ट पुनःनिर्माण गरि हस्तान्तरण गरेका छन् ।
वडा नम्बर ८ स्थित नेपाल–भारत सीमा क्षेत्रको चेकपोष्ट युवाहरुको संयुक्त पहलमा पुनःनिर्माण गरि हस्तान्तरण गरेका हुन् । उनीहरुले चेकपोष्टमा बस्ने शसस्त्र प्रहरीलाई खादा लगाएर स्वागत समेत गरेका छन् । समाजसेवी युवा मो. शम्सेर कमरले चेकपोष्ट स्थानीय र सीमा क्षेत्रको सुरक्षाका लागि भएकाले तोडफोड र आगजनी हुनु दुःखद भएको बताए ।
प्रकाशित मिति: २०२५-०९-१६ , समय : ०७:५४:४० , 3 days अगाडि