मधेस प्रदेश : विसनपुरमा डकैती, डाकाको आक्रमणबाट पाँचजना घाइते

मिति: २०२५-०९-१६ , समय : ०८:०२:३५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीको मटिहानी नगरपालिका ५ विसनपुरमा भीषण डकैती भएको छ । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टका अनुसार आइतबार मध्यराति स्थानीय मंगल महराको घरमा ३ जनाको समूहमा हातहतियारसहित आएका डाकाहरुको आक्रमण गरी पाँचजनालाई घाइते बनाएर लुटपाट गरेका हुन् ।

डाकाको हतियार प्रहारबाट घाइते हुनेहरुमा मंगल महरा श्रीमती शैली देवी, २९ वर्षीया बुहारी रिंकु महरा, छोरा संजित महरा छन् । उनीहरु गम्भीर घाइते छन् भने अन्य अन्य दुईजना परिवारका सदस्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

शैली देवीको टाउको र बायाँ हातमा हतियार प्रहार भएको छ, यस्तै छोरा संजितको टाउकोमा हतियार प्रहार भएको छ । उनीहरुको जनकपुरको जानकी हेल्थकेयरमा उपचार भइरहेको छ ।

मध्यराति भएको लुटपाटको क्रममा घरबाट ४० हजार नगद, २ तोला सुन र २० तोला चाँदी गरी करिब ४ लाख बराबरको धनमाल डाँकाले लुटेर लगेको डिएसपी भट्टले बताए ।

यता घटनबारे आज बिहान मात्र प्रहरीले खबर पाएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनापछि बिहानै मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल पीडितको घरमा पुगेका थिए ।

प्रकाशित मिति: २०२५-०९-१६ , समय : ०८:०२:३५ , 3 days अगाडि