मुलुकमै प्रसिद्ध सप्तरीको छिन्नमस्ता मन्दिरको एक करोड ४५ लाख आम्दानी

मिति: २०२५-०९-२० , समय : ०८:१६:२५ , गामघर डेस्क

तस्बिर : गामघर टिभि

गामघर डेस्क

राजविराज ।
मुलुकमै प्रसिद्ध सप्तरीको छिन्नमस्ता गाउपालिकास्थित छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्वद्र्धन समितिले आर्थिक बर्ष २०८१/०८२ मा एक करोड ४५ लाख ९८ हजार तीन सय ४४ रुपैयाँ आम्दानी गरेको छ । समितिका कार्यवाहक अध्यक्ष तथा पिठाधिश महाकान्त ठाकुरले शुक्रबार संचारकमीलाई आय व्ययको विवरण सार्वजनिक गर्दै जानकारी दिएका हुन।
समितिले कुल ५५ लाख ३४ हजार ८ सय ७१ रुपैयाँ नाफा गरेको कार्यवाहक अध्यक्ष तथा पिठाधिश ठाकुरले बताउनु भयो । समितिले कर्मचारीको तलबदेखि अन्य व्यवस्थापनमा ९० लाख ६३ हजार चार सय ७२ रुपैयाँ खर्च भएको जनाएको छ ।
वली प्रदान, गाडी पुजन, मुण्डन, चन्दा, धर्माशालाको भाडा, विवाह लगायतका शिर्षकमा आउने सहयोग मन्दिरको आम्दनी रहेको हो। त्यस्तै तलब, ज्याला, सरसफाई, अतिथि सत्कार, निर्माण, सुरक्षा, यातायात लगायतका शिर्षकमा खर्च भएको समितिका कार्यवाहक अध्यक्ष तथा पिठाधिश ठाकुरले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२५-०९-२० , समय : ०८:१६:२५ , 3 hours अगाडि