कोशी प्रदेश : स्रोत नखुलेको लाखौं रकम सहित एक जना पक्राउ
मिति: २०२५-०९-२४ , समय : १४:४५:१५ , गामघर डेस्क
मिति: २०२५-०९-२४ , समय : १४:४५:१५ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशको मोरङकाे विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रूपैयाँ सहित सोही महानगरपालिका-१८ बस्ने ४१ वर्षीय बिरेन्द्र साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ५८५१ नम्बरको मोटरसाइकलामा सवार उनलाई उक्त रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२५-०९-२४ , समय : १४:४५:१५ , 3 hours अगाडि