संसद भवन आगजनी र तोडफोड गर्न दिँदा हुन्थ्यो, युवाको ज्यान लिनु दुःखद : महामन्त्री शर्मा
मिति: २०२५-०९-२५ , समय : २१:०२:२२ , गामघर डेस्क
मिति: २०२५-०९-२५ , समय : २१:०२:२२ , गामघर डेस्क
तस्बिर : गामघर टिभि
गामघर डेस्क
राजविराज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत भदौ २३ गते युवाहरुको जीवन लिनेलाई कार्वाही गर्नुपर्ने बताएका छन् ।
संसद भवनमा आगजनी र तोडफोड गर्न गएका युवाहरुको ज्यान लिनु दुःखद भएको उहाँले बताउनु भयो । संसद भवन आगजनी र तोडफोड दिएकै भए हुन्थ्यो’ बिहीवार राजविराजमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले भन्नुहुदै आगजनी र तोडफोडको नाममा युवाहरुको ज्यान लिइएको बताउनु भयो ।
उहाँले अत्यधिक बल प्रयोग गर्ने घट्नाको छानबिन गरी दोषीलाई कार्वाही गर्नुपर्ने बताउनु भयो । महामन्त्री शर्माले संविधान रहेपनि घाइते अवस्थामा रहेको बताउनु भयो । घइते संविधानलाई स्वस्थ्य बनाउनु जरुरी भएको उहाँले बताउनु भयो ।
पार्टीको १५औं महाधिवेसन मंसिरसम्म गर्नुपर्नेमा जोड् दिनुहुदैं उहाँले उक्त समयमा प्रकृया पूरा गर्न नसकिए पुरानै महाधिवेसन प्रतिनिधीलाई बोलाएर भएपनि विशेष अधिवेसन गर्नुपर्ने बताउनु भयो । ‘यसरी पनि गर्न नसकिए पार्टीको विधान बमोजिम केन्द्रीय समितिले बोलाउनुपर्ने उहाँले बताउनु भयो ।
प्रकाशित मिति: २०२५-०९-२५ , समय : २१:०२:२२ , 2 months अगाडि